Section 19
सम्बन्धित मुलुकलाई अनुरोध गर्ने
(१) सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी कसूरको अनुसन्धान गर्दा दफा १८ बमोजिम रोक्का राख्नु वा नियन्त्रणमा लिनु पर्ने देखिएको कसूरबाट प्राप्त सम्पत्ति वा कसूरसँग सम्बन्धित साधन विदेशमा रहे भएको देखिएमा विभागले त्यस्तो व्यक्तिको सम्पत्ति रोक्का राख्न वा नियन्त्रणमा लिन सम्बन्धित मुलुकमा प्रचलित कानून बमोजिम तत्काल लेखी पठाउनु पर्नेछ । (२) उपदफा (१) बमोजिम लेखी पठाउँदा विभागले त्यस्तो व्यक्ति र निजको सम्पत्ति वा साधन रहे भएको स्थान वा बैंक वा वित्तीय संस्थाको जानकारी उपलब्ध भएमा सो समेत खुलाउनु पर्नेछ ।